
‘त्यो माघ १९, यो माघ १९ ।त्यो कालो प्रतिगमन भएको दिन, यो रातो प्रतिगमनविरुद्धको प्रदर्शन । रंग प्रतिगमनको जुन भएपनि ढंग उही । अन्ततः बहिर्गमन हरेक प्रतिगमनको नियति उही‚’ ट्विटरमा उनले लेखेका छन्, ‘आज नेपाली कांग्रेसका १३ भातृ संस्थाको नेतृत्वमा हुने ७७ जिल्लाको प्रदर्शनमा सहभागी बनौं ।’
पार्टीको केन्द्रीय निर्णय अनुसार भ्रातृ संस्थाले सोमबार १३ संगठनले संयुक्त विरोध प्रर्दशन गर्दैछन् । ७७ जिल्लामै एकसाथ प्रदर्शनको तयारी गरिएको कांग्रेसले जनाएको छ । प्रतिनिधि सभा विघटनमार्फत् सर्वसत्तावाद उन्मुख कदम भएको भ्रातृ संस्थाले जनाएका छन् । भ्रष्टाचार, कुशासन, कोभिड महामारी नियन्त्रणमा सरकार उदासीन देखिएको आरोप लगाइएको छ ।