नेकपा नै हाम्रो मूल घर : माधवकुमार नेपाल

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आफूहरुको पार्टी विभाजित नभएको बताएका छन् । उनले केही मान्छे पार्टीबाट चोइटिएर गएको जिकिर गरे । काठमाडौंको बबरमहलस्थित कार्की पार्टी प्यालेसमा सोमबार बसेको केन्द्रीय कमिटी बैठक उनले भने, ‘मूल घर हाम्रो हो, कसैले आँखा लगाउन पाईंदैन ।
उनले प्रतिनिधिसभा विघटनविरुद्ध गरिएको आफूहरुको प्रदर्शनमा तेस्रो जनआन्दोलनको झल्को दिने गरी मानिसको उपस्थिति रहेको बताए ।
पार्टीको आधिकारिकताको विषयमा षड्यन्त्र भइरहेको उनको भनाइ छ । ‘पार्टीको आधिकारिकताको बारेमा षड्यन्त्र भइरहेको छ । निर्वाचन चिह्न नदिने, फ्रिज गर्ने षड्यन्त्र भइरहेको छ,’ उनले भने ।

बिज्ञापन