पछिल्लो २४ घण्टामा १५९ कोरोना संक्रमित थप हुँदा मृतककाे संख्या शून्य

नेपालमा पछिल्लो २४ घण्टामा थप १५९ जना कोरोना संक्रमित पहिचान भएका छन् ।  आइतबार उल्लेखित संख्या पहिचान भएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ७१ हजार ११८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल सक्रिय कोरोना संक्रमितको संख्या २ हजार ४८९ रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप २६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६६ हजार ६०० पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा  कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेकाे संख्या भने शून्य रहेकाे छ । नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २०२९ पुगेको छ ।