प्रहरी र विप्लव कार्यकर्ता बीच दोहिरो भिडन्त हुँदा  जिल्ला इन्चार्ज मारिए- OmkarTimes.Com

सर्लाही । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका सर्लाही जिल्ला इन्चार्जलाई प्रहरीले गोली हानेर हत्या गरेको छ । प्रहरी र विप्लवका कार्यकर्ताबीच दोहरो भिडन्त हुँदा जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु भएको बताइएको छ ।

 

बिज्ञापन

प्रहरीले उनको साथबाट हतियारसमेत बरामद गरेको दाबी गरेको छ । पौडेलसँगै रहेका अन्य कार्यकर्ता भनेर भागेर जोगिएका छन् । घटनाबारे अन्य विवरण आइनसकेको प्रदेश २ प्रहरी प्रवक्ता डीएसपी दान थापाले जानकारी दिए ।