आमहड्तालका क्रममा जलाइएको ट्याक्सी चालकले प्राप्त गरे सहयोग

बिहीबार दाहाल-नेपाल(नेकपा)ले गरेको आमहड्तालका क्रममा जलाइएको ट्याक्सीचालकलाई केही सहयोग रकम प्राप्त भएको छ ।  ट्याक्सी चलाएर जीवन धान्दै आएका कुम्भनारायण श्रेष्ठलाई काठमाडौं विश्वविद्यालयमा अध्ययनरत समून्द्र तिमल्सिनाले ८ हजार रुपैयाँ नगद सहयोग गरेका हुन् ।

प्रदेश ३ औँ ०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सी बिहीबार प्रदर्शनकारीले गोंगबुमा जलाएका थिए ।  तिमल्सिनाको पहल श्रेष्ठलाई नगद सहयोग गर्ने अभियान पनि सुरु भएको छ  ।