नक्कली नोट बनाउने उपकरणसहित कञ्चनपुरबाट दुई जना पक्राउ

धनगढी : कञ्चनपुरबाट नक्कली नोट बनाउन प्रयोग हुने उपकरणसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पुनर्वास नगरपालिका ६ का ४५ बर्षीय रमेश खाती र काठमाडौं बौद्ध बस्ने ३३ बर्षीय विष्णु भट्ट रहेका छन् । उनीहरूलाई बेलौरी नगरपालिका १०, भुराबाट गस्तीमा गएको प्रहरीले टोलीले नक्कली नोट बनाउन प्रयोग हुने उपकरणसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) अमरबहादुर थापा क्षेत्रीले बताए ।

उनीहरुबाट नक्कनी नोट बनाउने काँचको पाटा, हजार र पाँच सयका केही थान नोट, विभिन्न साइजका कागज र केमिकल जस्तो रंगसहित दुईवटा स्टीलको थाल बरामद गरेको गरिएको डिएसपी थापाले बताए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बिज्ञापन