पर्याप्त सिँचाइ र मलको अभावमा अपेक्षाकृत  उत्पादनमा  समस्या, किसान चिन्तीत

पर्याप्त सिँचाइ र मलको सुविधा नपाउँदा इलाम स्थित   चुलाचुलीका किसानले अपेक्षाकृत धान उत्पादन गर्न सकेका छैनन् । विशेषगरी गाउँपालिकाको माथिल्लो क्षेत्रका किसानको सिँचाइमा पहुँच पुगेको छैन । खोलाको पानी कुलोबाट ल्याउन सम्भव छैन । डिपबोरिङमार्फत पानी ल्याउनुपर्ने हुन्छ तर ठूलो खर्च लाग्ने भएकाले किसानले सिँचाइका लागि पानी ल्याउन सकेका छैनन् ।

सिँचाइको सुविधा मात्र पूरा भए धान उत्पादनमा उल्लेखनीय सुधार  आउने समितिका संयोजक गौतमको भनाइ छ । यस्तै अन्य क्षेत्रमा जस्तै यहाँका किसान पनि धानमा प्रयोग गरिने रासायनिक मल प्रयोग गर्नबाट वञ्चित छन् । मल लगाउने समयमा नपाइँदा उत्पादन ह्रास आउने गरेको छ ।

बिज्ञापन