मिडिया नेपाल १ नं. कार्यसमिति गठन अध्यक्षमा राउत

इटहरी कार्तिक २५ । राष्ट्रिय प्रजान्त पार्टी (राप्रपा)निकट पत्रकार संगठन मिडिया नेपालको १ नम्बर प्रदेश कमिटी घोषणा गरिएको छ ।

मंगलबार सुनसरीको इटहरीमा आयोजित ‘मिडिया नेपाल प्रदेश नम्बर १ कमिटी घोषणा सभा’ मा विजयकुमार राउतको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति घोषणा गरिएको हो ।

बिज्ञापन

मिडिया नेपाल प्रदेश १ उपाध्यक्षमा मोरङको समकालीन साप्ताहिकका सम्पादक मधुसुदन ज्ञवाली चयन भएका छन् । यसैगरी सचिवमा मोेरङकै दीपक सुवेदी, सहसचिवमा ताप्लेजुङका सोनाम थापा चयन भएका छन् ।

सदस्यहरुमा पाँचथरका रमेश थापा, इलामका तारानाथ पौडेल (अविरल) संखुवासभाका कविर लिम्बु, मोरङका सुरेश मिश्र, इलामकी सलिना लमिछाने, उदयपुरका रमेश पौडेल, खोटाङका खेमराज सापकोटा छानिएका छन् ।

यसैगरी खोटाङका शिव बस्नेत, झापाका शान नेपाल, मोरङका ज्ञानेन्द्र दाहाल र धनकुटाका जीवन फुयाल सदस्यमा चयन भएका छन् ।