
सुनको मुल्य प्रतितोला चार सय रुपैयाँले घटेको छ । बुधबार ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य बिहीबारका लागि ९१ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुनको मूल्य आजका लागि ९१ हजार रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ । बुधबार १३४० रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य आजको १३१५ रुपैयाँ तोकिएको छ ।