कोरोना संक्रमणबाट चिकित्सकको मृत्यु

सिरहा । सिरहामा कोरोना संक्रमणबाट चिकित्सकको मृत्यु भएको छ ।
लहान नगरपालिका वडा–६ घर भएका अर्थोपेडिक विशेषज्ञ डा. मुकेश चौधरीको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
डा. चौधरी कोरोना संक्रमित भइ ९ दिनदेखि होम आइसोलेसनमा बस्दै आएका थिए ।

सोमबार साँझ उपचारका लागि विराटनगरस्थित विराट नर्सिंङ लगेको केही बेरमै उनको मृत्यु भएको थियो । ३५ वर्षीय डा. चौधरी लहानमा डाइनोष्टिक सेन्टर सञ्चालन गर्दै आएका थिए । उनी सोही सेन्टरमा सेवा दिने क्रममा संक्रमित भएका थिए ।

बिज्ञापन