सुनको मूल्यमा सामान्य गिरावट

आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (आज) सुन मूल्यमा तोलाको एक सय रुपैयाँले घटेको हो ।  आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार आठ सयमा कारोबार भएको छ ।  त्यसैगरी, तेजावी ९० हजार तीन सय रुपैयाँ छ भने चाँदीको मूल्य १३ सय ३५ रुपैयाँ कायम भएको छ ।