
चितवन । चितवन प्रहरीले नगदसहित आठ जना जुवाडेलाई पक्राउ गरेको छ । रत्ननगर नगरपालिका–३ स्थित विद्युत् डाँडाका जितमान मोक्तानको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

बिज्ञापन



जुवा तास खेलिरहेको स्थानबाट नगद रु ४४ हजार ३७० र तीन बुक ताससमेत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एक नारायण कोइरालाले जानकारी दिनुभयो ।
