केरुङ नाका सञ्चालनममा ल्याउन कांग्रेसको माग

नेपाली कांग्रेसले तत्काल केरुङ नाकाको आयातनिर्यात सहज तुल्याउन  पहल गर्न माग गरेको छ ।कांग्रेसले आइतबाार एक प्रेस विज्ञप्तिमार्फत् सो माग गरेको हो ।  ‘उत्तरी सीमाको प्रमुख व्यापारिक नाका केरुङमा नागरिक र व्यवसायीले दुःख पाइरहेको विवरण निरन्तर प्राप्त भइरहेको हुँदा नेपाली कांग्रेस यसप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ,’ जारी विज्ञप्तिमा भनिएको  छ, ‘एकातर्फ नेपाली व्यवसायीहरु मर्कामा परेका छन् भने अर्कातर्फ राज्यकै राजस्व संकलनमा पनि असर पुगेको छ।

अतः चिनियाँ पक्षसँग यथाशीघ्र संवाद गरेर समस्याको समाधान खोज्न नेपाली कांग्रेस नेपाल सरकार समक्ष माग गर्दछ।’ ADVERTISEMENT ०७६ माघ १५ देखि असार २७ सम्म पूर्ण रुपले बन्द भएको सामान ढुवानी त्यसपछि आंशिक खुला गरिए पनि दैनिक पाँच कन्टेनरले मात्र प्रवेश पाउँदा १५ सय बढी कन्टेनर सीमामा अलपत्र स्थितिमा परेको बताउँदै कांग्रेसले सोलाई दुःखद् भनेको छ ।

बिज्ञापन