पछिल्लो २४ घण्टामा नेपालमा थप १२२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालका पछिल्लो २४ घण्टामा नेपालमा थप १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या दुई लाख ७२ हजार ८४० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकहजार ५८१ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा १४४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या दुई लाख ६९ हजार २०४ पुगेको छ ।   हालसम्म दुई हजार ५५ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।