
बाँकेको राप्ती सोनारी गाँउपालिका–२ मुगुवा खोलामा गएराति नेपाली सेनाको बस दुर्घटना हुँदा बसमा सवार १० जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रहरीका अनुसार सोलु नाम्चेबाट कालिकोट संशेर गुल्मको लागि हिँडेको ना ५ ख ५९१ नम्बरको बसमा नेपाली सेनाका क्याप्टेन उमेश राईसहित २३ जना सवार मध्ये १० जना घाइते भएका हुन् ।
बिज्ञापन



उक्त बसको गति अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको भनाइ छ । सो दुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४२ रिजर्भ गण बाँकेबाट तत्कालै एपीएफ टोली उद्धारको लागि खटिएको थियो ।
