
काठमाडौं । आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रुपैँयाले बढेको हो ।

हिजो (सोमबार) प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९० हजार ९०० रुपैयाँ कायम भएकाे महासंघले जनाएकाे छ । आज तेजावी सुन प्रतितोला ९० हजार २०० रुपैयाँमा कारोबार भएको छ ।
बिज्ञापन



चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ बढेको छ । हिजो एक हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार ३६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
