
काठमाडौँ : बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टविरुद्ध अनुसन्धानका लागि म्याद थप गर्ने तयारी भएको छ । उनलाई म्याद थपका लागि जिल्ला अदालतमा पेस गर्ने तयारी भइरहेको सुदूरपश्चिम प्रदेश प्रहरीका प्रवक्ता एवं एसएसपी मुकेश सिंहले जानकारी दिए ।

उनलाई आजै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने प्रहरीको तयारी छ । स्थानीय सनातन धर्म माध्यमिक विद्यालयको कक्षा–१२ मा अध्ययनरत् भागरथी गएको माघ २१ गते साँझसम्म विद्यालयबाट घर फर्कने क्रममा उनको बलात्कारपछि हत्या भएको थियो । उनको सव २२ गते बिहान कच्ची सडकको ५० मिटर भित्री क्षेत्रमा फेला परेको थियो । अनुुन्धानका क्रममा घटनामा दिनेशको संलग्नता खुलेपछि उनलाई हिजो नै प्रहरीले पक्राउ गरेको हो ।
बिज्ञापन



