
बाराको सिमरास्थित मालपोत कार्यालयका प्रमुख मनोजकुमार खनाल ६ लाख घुससहित पक्राउ परेका छन् । बाराको जितपुरमा रहेको जग्गा सरजमिन मुचुल्का गरी पास गराउनका लागि भन्दै सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा अख्तियारबाट खटेको टोलीले खनाललाई पक्राउ गरेको हो ।
आयोगको काठमाडौँबाट गएको टोलीले खनालसहित लेखापढी व्यवसायी बद्री बडाललाई अमलेखगन्जस्थित एक होटेलबाट घुसबापतको रकम लिइसकेको अवस्थामा रङ्गे हात पक्राउ आयोग स्रोतले बतायो ।