प्रधानमन्त्रीले शिलान्यास गर्ने औद्योगिक पार्कमा तयारी तिब्र

झापा — प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन १६ गते शिलान्यास गर्ने चिन नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।

प्रेस संगठन नेपाल झापाद्वारा दमकमा आयोजित पत्रकार सम्मेलनमा पार्ककका अध्यक्ष गोबिन्द थापाले तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएका हुन् । उद्योग शिलान्यास कार्यक्रमका लागि ठाउँठाउँमा स्वागत द्धारदेखी लिएर कार्यक्रमस्थलमा बिद्युत सेवा र ईन्टरनेट व्यवस्थापनको काम तिब्र रुपमा भईरहेको जानकारी गराए । थापाका अनुसार कार्यक्रममा बिभिन्न जातजातीका झाकीसँगै सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिनेछ ।
यस्तै पत्रकार सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश १ अध्यक्ष देबराज घिमिरेले झापामा निर्माण हुन लागेको औद्योगिक पार्कले नेपालको बेरोजगारी समस्या केहि हदसम्म हल गर्ने धारणा राखे ।

यस्तै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सुखी नेपाली समृद्ध नेपालको नारा साकार पार्न यस औद्योगिक पार्कले ईटा थप्ने काम गर्ने उल्लेख गरे । स्थानीयको प्रत्यक्ष सहभागितामा निर्माण हुने औद्योगिक पार्क झापाका लागि मात्र नभएर प्रदेश १ र सिङ्गो देशकै लागि गौरबको बिषय रहेको उनको भनाइ छ ।

एक प्रदेश एक औद्योगिक क्षेत्रको अबधारणा अनुसार प्रदेश १ मा झापाको दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिकमा चिन नेपाल मैत्री औद्योगिक पार्क निर्माण हुन लागेको हो ।
प्रेस संगठन नेपालको आयोजना भएको पत्रकार सम्मेलनको अध्यक्षता संगठनका झापा अध्यक्ष टिकाराम उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रेस संगठन झापाका सह संयोजक मनकुमार गदाल, सदस्यहरु सुदिप अधिकारी, रुपा बुढाथोकी लगायतको उपस्थिती रहेको थियो ।