कञ्चनपुरमा सवारी दुर्घटनामा परि दुईजनाको मृत्यु

कञ्चनपुरमा सवारी दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ ।जिल्लाको शुक्लाफाँटा नगरपालिका–११ वनहरा जङ्गलमा धनगढीबाट महेन्द्रनगरतर्फ आउँदै गरेको बसले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको हो ।

ना४ ख १७६४ नंबरको बसले म ३ प १४८० नंबरको मोटरसाइकललाई ठक्कर दिँदा भीमदत्त नगरपालिका-४ का २४ वर्षीय दिनेश दमाई र २० वर्षीय प्रकाश दमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका कञ्चनपुरले जानकारी दिएको छ ।

दुर्घटनामा गम्भीर घाइते दुवै जनालाई उपचारका लागि महाकाली अस्पताल लगिएको थियो । उनीहरूको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिए।अहिले ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।