सुत्केरीलाई तीन महिनासम्म ३ हजार रुपैयाँ भत्ता दिने

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । राप्रपाले सुत्केरी महिलालाई मासिक ३ हजारका दरले तीन महिनासम्म भत्ता दिने घोषणा गरेको छ ।

मंगलबार घोषणापत्र सार्वजनिक गर्दै राप्रपाले प्रत्येक वडामा प्रसुती सेवा तथा निम्न आय भएका हरेक सुत्केरीलाई तीन महिनासम्म ३ हजार मासिक भत्ता दिइने घोषणा गरेको हो ।

स्थानीय महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता, क्यान्सर मिर्गौला तथा मेरुदण्ड रोगबाट पीडित स्थानीय नागरिकलाई मासिक स्वास्थ्य भत्ता, प्रत्येक किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप, प्रत्येक स्थानीय तहमा न्यनतम एक सुलभ औषधि पसलको व्यवस्था गर्ने पनि घोषणापत्रमा उल्लेख छ ।

यस्तै सबै नागरिकलाई अनिवार्य तथा निशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्ने पनि घोषणापत्रमा उल्लेख छ ।