
एजेन्सी : भारतमा आज ३ लाख ३७ हजार बढीमा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ लाख ३७ हजार ७०४ जनामा संक्रमण देखिएको भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
शुक्रवारभन्दा ९ हजार ५५० जना कममा आज संक्रमण देखिएको हो ।
यस्तै, २ लाख ४२ हजार ६७६ जना संक्रमण मुक्त हुँदा कुल सक्रिय संक्रमितको संख्या २१ लाख १३ हजार ३६५ पुगेको छ । संक्रमणका कारण थप ४८८ जनाको मृत्यु भएको छ ।
हालसम्म भारतमा १० हजार ५० जनालाई ओमोक्रन भेरियन्ट पुष्टि भइसकेको छ।