
रोल्पा । रोल्पा थबाङ गाउँपालिका – १ का वडाध्यक्षको निधन भएको छ ।

बिज्ञापन



वडाध्यक्ष फर्कबहादुर बुढा ब्रेन ह्यामरेजका कारण अचेत भएका थिए । बिरामी उनलाई उपचारका लागि काठमाडौंको अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना गरियो ।

वडाअध्यक्ष बुढालाई अस्पतालमा एक हप्तासम्म राखियो तर उनमा केही सुधार आएन र शुक्रबार चिकित्सकहरुले उपचार सम्भव नहुने बताए ।
चिकित्सकको अनुमतिमा वडाध्यक्षलाई घर फिर्ता पठाएपछि लैजाँदै गर्ने क्रममा मुग्लिनको कुरिनटारमा उनको निधन भएको बताइएको छ ।