भ्वाइस अफ नेपाल सिजन–३ आगामी चैत्र ६ बाट प्रशारण हुने
|| मंगलबार, फाल्गुण २५, २०७७
भ्वाइस अफ नेपाल सिजन–३ आगामी चैत्र ६ बाट प्रशारण हुने
काठमान्डौं । नेपालको गायन रियालिटी सो ‘ओप्पो प्रिजेन्टस् दि भ्वाइस अफ नेपाल’ सिजन–३ को प्रशारण चैत ६ गतेबाट सुरु हुने भएको छ । हिमालय टेलिभिजनमा हरेक शुक्रबार र शनिवार राती ८ बजेदेखि कार्यक्रम प्रसारण हुन लागेको कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए ।
सधै झैं यसपटक पनि पहिलो एपिसोडदेखि ‘ब्लाइन्ड अडिसन’ प्रसारण हुनेछन् । डिजिटल अडिसनमा सहभागी भएका करिव ४० हजार आवेदकबाट छानिएका १ सय २० जना प्रतिभाहरुले ब्लाइन्ड अडिसनमा कोचको सामना गर्नेछन् । ‘ब्लाइन्ड अडिसन’मा कोचको कुर्सी घुमाउन सफल प्रतिभाहरुको सांगीतिक यात्रा त्यही विन्दुबाट सुरु हुने छ ।हरेक कोचको टीममा छानिएका १२ जना प्रतिभाहरुले ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् । यसपटक भ्वाइसको टीमले कोचमा सामान्य परिवर्तन गरेको छ । टीममा चर्चित गायिका तृष्णा गुरुङ भित्रिएकी छिन् । यसअघि दर्शकको मन जित्न सफल लोकप्रिय कोचहरु दीप श्रेष्ठ, प्रमोद खरेल र राजु लामालाई पनि यो सिजनमा देख्न पाइनेछ ।