
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेको छ ।

गत शुक्रबार प्रतितोला अधिकतम ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १४ सय रुपैयाँले घट्दै ९६ हजार ६०० रुपैयाँमा झरेको हो ।
बिज्ञापन



यस्तै तेजावी सुनको मूल्य समेत आज तोलामा १४ सय रुपैयाँले नै घट्दै ९६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने गत शुक्रबारको तुलनामा तोलामा ४० रुपैयाँले घट्दै आज एक हजार २९५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।