बुधबार सुनको मूल्यमा ६ सय रुपैयाँले वृद्धि

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्यमा ६ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८६ हजार २ सय रुपैयाँ कायम भएको छ ।

मंगलबार छापावाल सुन प्रतितोला ८५ हजार ६ सय रुपैयाँ थियो । यसैगरी, आज तेजाबी सुन प्रतितोला ८५ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ ।

चाँदी प्रतितोला एक हजार २सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार २ सय ५५ रुपैयाँ थियो । विश्व बजारमा सुनको मूल्यमा भएको घटबढले नेपाली बजारमा पनि यसको मूल्यमा उतारचढाब आएको हो ।

बिज्ञापन