
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी आउने साता दुईदिने बंगलादेश भ्रमणमा निस्कने भएकी छिन् । मार्च २२ देखि २३ सम्म भण्डारी ढाकाको भ्रमणमा निस्कने कार्यक्रम तय भएको छ । बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको निम्तोमा राष्ट्रपति ढाका जान लागेकी हुन् ।

त्यहाँ उनी बंगलादेशका राष्ट्रपिता शेख मुजीबर रहमानको शतवार्षिकीमा सहभागि हुने नेपालस्थित बंगलादेश दुतावासले जानकारी दिएको छ ।
बिज्ञापन



