
काठमाडौँ : नेपालमा मंगलबार थप ११४ जनामा कोभिड-१९ मा संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या २ लाख ७५ हजार ४२४ पुगेको छ ।

त्यस्तै थप ९४ संक्रमित निको भएका छन् भने हालसम्म नेपालमा २ लाख ७१ हजार ४९५ संक्रमित निको भएका छन् । गत २४ घण्टामा कुनै संक्रमितको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा तीन हजार १४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । हाल नेपालमा ९१५ जना आइशोलेशन र ५१ जना क्वारेन्टाइनमा छन् भने २२ लाख २१ हजार ५१२ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।
बिज्ञापन



