प्रतिनिधि सभाको बैठक आज बस्दै

काठमाडौँ : प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ । प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन र महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने सम्भावित कार्यक्रम रहेको छ ।

यस्तै संसद सचिवालयका अनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन २०७७ पेस गर्ने सम्भावित कार्यक्रम रहेको छ ।

बिज्ञापन