गोरु काटेको अभियोगमा पक्राउ

बागलुङको ढोरपाटन नगरपालिका-८ भित्ता टोलस्थित पाखोबारीबाट गोरु काटेको अभियोगमा एक जना पक्राउ परेका छन् । सोही ठाउँ बस्ने ४९ वर्षीय मन बहादुर बिक समेत ५ जनालाई गोरुको मासु सहित बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

गोरु काटेको सूचनाका आधारमा प्रहरी चौकी ढोरपाटनबाट खटिएको प्रहरीले उनीहरूलाई गोरु काटिरहेको अवस्थामा गोरुको मासु सहित पक्राउ गरेको हो ।

बिज्ञापन

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।