हाँडीगाउँबाट पेस्तोलसहित दुईजना पक्राउ

काठमाडौं । सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोले काठमाडौंको हाँडीगाउँबाट दुईजनालाई पेस्तोलसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका–३ घर भएका पोते लामा र नमोबुद्ध नगरपालिका घर भएका अनन्त तामाङ छन् । उनीहरुको साथबाट सशस्त्रले एउटा मेडईन युएस लेखिएको ९–एमएम पेस्तोल, पाँच राउण्ड गोली र म्याग्जिन बरामद गरेको छ ।

जडिबुटी बस्ने पोते लामा ०७४ देखि प्रहरीको सुचिका फरार आरोपी हुन् । उनीहरुमाथि महानगरीय प्रहरी वृत मालिगाउँले अनुसन्धान गरिरहेको छ ।