
जनकपुरधाम । महोत्तरीमा एक युवकमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ । गोली लागेर बर्दिबास नगरपालिका १ का ३० वर्षीय रोशन कोइराला घाइते भएका छन् ।

औरही नगरपालिका ६ बैरियामा बुधबार साँझ साढे ७ बजे उनीमाथि गोली प्रहार भएको महोत्तरी प्रहरी प्रमुख एसपी दिनेश आचार्यले जानकारी दिए ।कोखा र हातमा गोली लागेर घाइते भएका उनको बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको छ ।
बिज्ञापन



गोली कसले र किन प्रहार गरेको विषयमा केहि खुल्न नसकेको एसपी आचार्यले जानकारी दिए । उनका अनुसार घटना विषयमा अनुसन्धान भइरहेको छ ।
