
धनुषा । धनुषामा विद्यालयका एक प्रधानाध्यापकले नगरपालिका कार्यालय तोडफोड गरेका छन् ।

बिज्ञापन



जनता नमुना मावि गिद्धा, बेलापट्टीका प्रधानाध्यापक पवन मण्डलले विदेह नगरपालिका कार्यालयमा ढुंगामुढाको प्रयोग गरी तोडफो गरेका हुन् । प्रधानाध्यापक मण्डलमाथि विद्यालयमा भ्रष्टाचार गरेको आरोप परेको थियो ।

उनलाई नगरपालिकाले भ्रष्टाचार गरेको आरोपमा कारबाही गरी अर्को विद्यालयमा सरुवा गरिएकाे थियो ।
प्रधानाध्यापक मण्डलला आफ्नो सरुवापछि उनले केही व्यक्तिहरुको समूह ल्याएर नगरपालिका कार्यालयमा ढुंगामुढा र तोडफोड गरेको प्रहरीले बताएको छ ।
प्रधानाध्यापकसहितका समूहले कार्यालयका झ्यालको सीसा, गाडी र मोटसाइकलमा क्षति पुर्याएको छ ।