
झापा । विप्लव नेतृत्वको नेकपाको नेपाल बन्द गरेको दिन आज देशभरिकै जनजीवन प्रभावित भएको छ। कतिपय ठाउँमा बन्दको आंशिक प्रभाव परेको छ।
देशका विभिन्न स्थानमा बम फेला परेका छन। त्यस्तै दमक–रबी सडकखण्डमा बम जस्तै देखिने शंखास्पद बस्तु फेला परेको छ । सो सडक खण्डको दमक ३ बेल्डाँगी शरणार्थी शिविर नजिकै शंखास्पद बस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यता पूर्व पश्चिम् लोकमार्ग अन्तरगत कमल गाउँपालिका ४ स्थित चुलाचुली मोडमा समेत शंकास्पद बस्तु फेला परेर प्रहरीलाई खबर गरेको स्थानियले बताएका छन् । रातो कपडाले बेरेर राखिएको बस्तु देखे पछि मंगलवार दिउँसो १ बजे तिर प्रहरीलाई खबर गरेको स्थानियले बताए ।
नेकपा विप्लव समुहले गरेको नेपाल बन्दाको कारण झापाका केही स्थानमा बम राखे पनि निजि सवारी सधान भने चलिरहेका छन् । स्कुल र सरकारी सवारी भने ठप्प रहेको स्थानियले बताए ।