
दमक । झापाको गौरिगञ्ज – गौरादह सडकखण्ड अन्तर्गत गौरादह-७ स्थित प्रगति उच्च माध्यमिक विद्यालय अगाडि आज दिउँसो ओवरटेक गर्ने क्रमशः मोटरसाइकल दुर्घटना भएको छ।

मोटरसाइकल बिपरित दिसाबाट आएको टिप्पर मुनी छिरेको छ। टिप्पर हुलाकी सडक निर्माणको जिम्मेवारी पाएको मोतीदान कम्पनीको रहेको छ भने टिप्पर चालकलाई आबश्यक अनुसन्धान र सोधपुछका लागि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गौरिगञ्ज जानकारी दिएको छ ।
बिज्ञापन



घाईते बिर्तामोड -३ बस्ने बर्ष २४ का अनिल प्रसाद शाह रहेको जानकारी गौरिगंञ्ज प्रहरी निरिक्षक राकेस रेग्मीले ओमकार टाइम्सलाई बताए । घाईतेलाई उपचारको लागि दमकको लाईफ लाईन अस्पताल लगेको जानकारी ट्राफिक जवान साजन कार्कीले दिएका छन् ।
