
साताको दोस्रो दिन सोमबार सुनको मूल्य सामान्य रुपमा बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर ८९ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुनको मूल्य ८९ हजार पाँच सय रुपैयाँ थियो ।
तेजाबी सुनको मूल्य पनि तोलामा एक सय रुपैयाँले बढेर ८९ हजार एक ५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्य स्थिर रहि तोलामा १२ सय ७५ रुपैयाँमा करोबार भइरहेको छ ।