
काठमाडौं। नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले केपी ओली नेतृत्वको सरकारले आफ्ना नेता कार्यकर्तामाथि दमनका साथै हत्याका घटना दोहोर्याएको भन्दै कडा आलोचना गरेका छन् ।

बिज्ञापन



दोहोरो मुठभेडका नाममा निःशस्त्र व्यक्तिमाथि गोली प्रहार गरी हत्या गर्ने घटनाहरु भइरहेको विप्लवको दाबी छ । कम्युनिष्ट पार्टीका नाममा सरकारले देशमा फासिवादको अभ्यास गरिरहेको पनि उनको आरोप छ ।

मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले व्यक्ति हत्याको विरोधमा प्रतिरोध गर्नु क्रान्तिको अनिवार्य सर्त भएका कारण नेपाल बन्द गर्नुपरेका बताएका छन् ।
विप्लव नेतृत्वको नेकपाले असार ५ गते सलाएही जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरीको गोली प्रहारबाट मारिएपछि त्यसको विरोधमा मंगलबार बन्द आह्वान गरेको थियो ।