
रूपन्देही । काेराेना संक्रमणकाे हट स्पट बन्दै गएकाे बाँकेमा आज पनि ३ जना कोरोना संक्रमितकाे मृत्यु भएको छ ।

बाँकेमा उपचाररत एक जना जिल्ला बाहिरका र २ जना जिल्लाभित्रकै संक्रमितको मृत्यु भएको डीसीसीएमसी बाँकेले जनाएको छ ।
बिज्ञापन



२ जनाको विहीबार राती र १ जनाको आज विहान मृत्यु भएको डीसीसीएमसी बाँकेका कोरोना फोकल पर्शन तेज वलीले बताए ।

वलीका अनुसार नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत बनगाड-३ सल्ल्यानका ५६ वर्षीय वीरवहादुर नेपाली, जानकी-१ की ७१ वर्षीया महिला सुमन पाठक र बैजनाथ-६ का २८ वर्षीय मानबहादुर पुनको निधन भएको हो ।