झापामा भयो पुरुष-पुरुष बीच बिबाह! भन्छन्- सन्तुष्टि पाएका छौ ।

झापा। दमकमा पुरुष–पुरुषबीच विवाह भएपछि छिमेकीहरु आश्चार्यमा परेका छन् ।

 

बिज्ञापन

झापा अर्जुनधाराका २० वर्षीय रुपक गिरी र काठमाण्डौ किर्तिपुरका १९ वर्षीय अनुभव दर्जीबीच विवाह भएको हो ।

 

उनीहरुले आफन्तको सहमतीमै विवाह गरेको दाबी गरेका छन् । सात महिनादेखि प्रेम सम्बन्धमा रहँदैआएका उनीहरुले शनिबार आफूहरु श्रीमान्–श्रीमती भएको सार्वजनिक गरेका छन् । तीमध्ये रुपक श्रीमान् र अनुभव श्रीमती भएको बताइएको छ ।

 

उनीहरुले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै आफूहरुको दाम्पत्य जीवनको हरकुरामा सन्तुष्टी प्राप्त गरेको बताएका छन् ।