अक्सिजन ओसार्ने सिलिन्डरको अभाव

दमक ।कोरोना भाइरस द्वारा संक्रमित भएका बिरामीलाई आईसियुमा राख्नु परे प्रति मिनेट ५०-६० लिटर अक्सिजनको आवश्यकता पर्दछ।अहिलेको जस्तो संख्या बढिरहेमा अक्सिजनको अभाव चर्किने विज्ञहरुले बताएका छन्।

तीन अक्सिजन प्लान्ट चलाइरहेको शिक्षण अस्पतालमा एउटा प्लान्ट भने बन्द छ।बन्द भएको प्लान्टबाट करिब एक हजार लिटर प्रतिमिनेट अक्सिजन प्राप्त हुने गर्थ्यो।प्लान्टको मर्मतका लागी फ्रान्सबाट उपकरणहरु ल्याउनुपर्ने र हाल को अवस्थामा त्यो सम्भव नभएकाले अवस्था भयावह बन्न सक्ने अनुमान गरिएको छ।

बिज्ञापन

काठमाडौँमा जम्मा ८ वटा अक्सिजन उत्पादक उद्योग रहेका छन्।तर मुल समस्या भने अक्सिजन ओसार्ने सिलिन्डरको रहेको उत्पादकहरुको गुनासो रहेको छ।

दैनिक रुपमा संक्रमितको संख्या बढिरहेको छ।५० हजारको परिक्षण गरिदाँ १० हजार संक्रमित देखिएका छन।त्यसको ५ प्रतिशतलाई आइसियु चाहिने भएकाले अक्सिजन अधिक मात्रामा ख़र्च हुने देखिन्छ।

हाल छिमेकी राष्ट्र भारतमा अक्सिजन अभावका कारण हजारौँको अस्पताल सैयामा मृत्यु भईरहेको कारुणिक अवस्था नेपालमा नआउला भन्न सकिन्न ।