आमाले विवाहको प्रस्ताव नमान्दा छोरीलाई अपहरण, अपहरणकारी पक्राउ | OmkarTimes.com

बुटवल । प्रहरीले तिलोत्तमा नगरपालिका वडा नम्वर १२ बाट अस्ति साझ अपहरणमा परेकी ६ वर्षीय बालकालाई आज बिहान बुटवलको एक होटलबाट उद्धार गरेको छ ।

 

बिज्ञापन

तिलोत्तमा नगरपालिका वडा नम्वर १२ का टेक बहादुर थापाकी ६ वर्षीय छोरी साबित्रीलाई अपहरण गरी बुटवल उप महानगरपालिका वडा नं.५ स्थित होटल बुटवल प्लाजा ऐण्ड रेष्टुरेण्टको कोठा नं. १०३ मा लुकाई राखेको अवस्थामा बुधबार बिहान साढे ७ बजे फेला पारी उद्दार गरिएको थियो ।

 

बालिका अपहरण गर्ने जयराम दासलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आज बिहान प्रेस नोट जारी गर्दै अपहरणमा परेकी बालिकाको उद्धार गरेको जनाएको छ । यसअघि उपहरणकारी दासले साबित्रीकी आमालाई विवाहको प्रस्ताव राखेका थिए, उनकी आमाले मन्जु थापाले दाससंग विवाहको प्रस्ताव अस्विकार गरेपछि छोरीलाई अपहरण गरेको प्रहरीले जनाएको छ ।

 

जयराम दासले बिगत नौ महिनादेखि पीडित सावित्रीको घर नजिकै रैनी खोलामा पुल बनाउने पेटी ठेगेदारको काम गर्दै आएका थिए ।