मन्त्रिपरिषदको बैठकले हवाई उडान तत्काल नरोक्ने निर्णय

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले हवाई उडान तत्काल नरोक्ने निर्णय गरेको हो ।

कोरोना रोकथामका विषयमा केन्द्रित सोमबारको बैठकले सीसीएमसीले वैशाख १५ गतेदेखि आन्तरिक हवाई उडान रोक्न सिफारिस गरे पनि यसअघि बैशाख ६ गते सरकारले गरेको निर्णय अनुसार आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न पाउने निर्णय गरेको हो ।

बिज्ञापन

 

मन्त्रिपरिषद्को बैठकले अन्तर्राष्ट्रिय सीमा नाकामा कडाइ गर्ने, स्वदेश आएका विदेशी नागरिकलाई पिसिआर पोजेटिभ भएको रिपोर्ट र १० दिन क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने निर्णय गरेको छ। विदेशी नागरिकको हकमा होटलमा क्वारेन्टिनको व्यवस्था गर्ने निर्णय भएको जनाइएको छ ।