स्रोत नखुलेको करिब ८ लाख रुपैयाँ बरामद

महोत्तरी सम्सी गाउँपालिका सशस्त्र प्रहरीले स्रोत नखुलेको करिब ८ लाख रुपैयाँ बरामद गरेको छ ।

प्रहरीका अनुसार महोत्तरी सम्सी गाउँपालिका–५ पोखरभिण्डामा रहेको नेपाल भारत सीमा क्षेत्रबाट सात लाख ८९ हजार पाँच सय ५० रुपैयाँ बरामद गरिएको हो ।

बिज्ञापन

 

गोराहारीमा बीओपीबाट खटिएको सशस्त्र प्रहरीले भारतबाट नेपाल तर्फ आउँदै गरेको व्यक्तिलाई गरेको चेक जाँचका क्रममा भारतबाट नेपाल आउँदै गरेका एक व्यक्तिले झोला फालेर हिँडेका थिए । झोला चेक गर्दा रकम भेट्टाएको प्रहरीले जनाएको छ ।

अहिले प्रहरीले यो विषयमा थप अनुसन्धान गरिरहेको छ