
काठमाडौं । मंगलबार सुनको मूल्य सामान्य घटेको छ । सोमबार स्थिर रहेको सुनको मूल्यमा मंगलबार तोलामा एक सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।आज छापावाल सुन प्रतितोला ९१ हजार २०० रूपैयाँमा नै कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला ९० हजार ७०० रूपैयाँ छ । चाँदी प्रतितोला १ हजार ३१५ रूपैयाँ तोकिएको छ ।

बिज्ञापन



