
काठमाडौं – वीरगञ्ज र बिराटनगरमा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। वीरगञ्जमा सर्लाहीका ४३ वर्षीय पुरुष र बाराकी ३० वर्षीया महिलाको मृत्यु भएको हो भने बिराटनगरमा झापाका ५५ वर्षि पुरुष र मोरङका ४५ वर्षिय पुरुषको मृत्यू भएको हो। धनकौल गाउँपालिका–४ बस्ने ४३ वर्षीय पुरुषलाई मंगलबार मात्रै नारायणी अस्पतालमा ल्याइएको थियो एन्टिजिन परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। गएराति १ बजेर ४० मिनेटमा उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

यसैगरी दुई दिन अघि नारायणी अस्पतालमा भर्ना भएकी बाराको सुवर्ण गाउँपालिका– ७ की ३० वर्षीया महिलाको गएराति सवा १२ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। बैशाख १३ गते पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।मोरङका पुरुषको उपचारका क्रममा बिहान ३ः४५ बजेतिर मृत्यु भएको थियो। उनलाई निमोनियाको पुरानै समस्या थियो। कोरोना पोजेटिभ देखिएपछि उनलाई वैशाख १२ गते अस्पताल भर्ना गरिएको थियो ।यसैगरी झापाका पुरुषलाई १३ गते अस्पताल भर्ना गरिएको थियो। उनको उपचारका क्रममा बिहान १ बजेतिर मृत्यु भएको दाहालले बताए।



