
काठमाडौं। अनाधिकृत रुपमा पार्किङ गरिएको गृह प्रवक्ताको गाडीमा ट्राफिक प्रहरीले ‘ह्विल लक’ गरिदिएको छ ।
गृह प्रवक्ता रामकृष्ण सुवेदीको बा२झ ४३८८ नम्बरको गाडीमा सिँहदरबारभित्रै ट्राफिक प्रहरीले ह्विल लक गरेको हो ।
सिंहदरबार क्षेत्रमा अनधिकृत रूपमा पार्किङ गरिएको अरु सरकारी गाडीमा समेत ह्विल लक लगाइएको ट्राफिक प्रहरीले जनाएको छ ।