छोराको जन्मदिनमा टिकटक रोडमा पिङ्ग

दमक। सामाजिक कार्यमा सक्रिय पहिलो पाईला नेपाल दमकका अध्यक्ष दिपक खड्काले आफ्ना छोरा साइन खड्काको जन्मदिनको अबसर पारेर मोरङ्गको मिक्लाजुङ स्थित टिकटक रोड क्षेत्रका लागि स्टेन पिङ्ग हस्तान्तरण गर्नु भएको छ । उहाँले टिकटक रोड व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र थापालाई संस्थाको नामबाट सो पिङ्ग हस्तान्तरण गर्नु भएको हो ।

अन्य क्षेत्रको पार्कमा पिङ्ग खेल्न शुल्क तिर्नु पर्ने तर सो क्षेत्रमा तिर्न नपर्ने भएकाले सबैले निशुल्क खेल्न पाउन भन्ने उदेश्यले छोराको जन्मदिनमा पीङ्ग हस्तान्तरण गरेको अध्यक्ष खड्काले प्रतिक्रिया दिनुभयो ।

पिङ्ग हस्तान्तरण कार्यक्रममा पहिलो पाईलाका अन्य पदाधिकारीका साथै उद्योग बाणिज्य संघ दमकका प्रथम उपाध्यक्ष तथा पहिलो पाइलाका सल्लाहकार राजु खड्का लगायतको उपस्थिति रहेको थियो । समाजसेवी खड्काले आफ्नै लगानी भएपनि विभिन्न क्षेत्रमा संस्थाकै नाममा सहयोग गर्दै आउनु भएको छ ।

पहिलो पाइलाले पुर्वका विभिन्न क्षेत्रको सरसफाईदेखि, विरामीहरुको उपचार, विद्यार्थीका लागि भाग्य बोक्ने झोला सम्मका कार्यमा समेत सहयोग प्रदान गर्दै आएको छ ।