नयाँ बानेश्वरबाट पार्किङ क्षेत्रका बेसमेन्ट हटाउन सुरु, महानगर प्रमुख बालेन्द्र शाह आँफै मैदानमा

काठमाडौं। काठमाडौं महानगरपालिकाले महानगरभित्रका अन्डरग्राउण्ड पार्किङमा राखिएका पसल एवं अन्य संरचना हटाउन सुरू गरेको छ। महानगर प्रमुख बालेन्द्र शाहको उपस्थितिमा आज नयाँ बानेश्वरबाट पार्किङ क्षेत्रका बेसमेन्ट हटाउन सुरु गरिएको हो।

नयाँ बानेश्वर क्षेत्रमा बिहान १० बजेबाट नगर प्रमुख बालेन्द्र शाहको उपस्थितिमा त्यस्ता पसल तथा अन्य संरचनाहरु हटाउन निर्देशन दिइएको हो। अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर ब्यापारिक प्रयोजनका लागि प्रयोग भएको भन्दै महानगरले हटाउन आग्रह गरेको हो।

बिज्ञापन

बेसमेन्ट हटाउनका लागि महानगरपालिकाले यसअघि नै ३५ दिने सूचना जारी गरेको थियो। ट्राफिक प्रहरी, नेपाल प्रहरी र नगर प्रहरीसहितको सहयोगमा आजबाट सो काम सुरु भएको स्वकिय सचिव भूपदेव शाहले जानकारी दिए।