`रसुवाली कवि´का नामबाट चिनिने ठाकुरप्रसाद तिम्सिना फेरि पक्राउ | OmkarTimes.com

काठमाडौ । रसुवाली कविका नामबाट चिनिने ठाकुरप्रसाद तिम्सिनालाई प्रहरीले फेरि पक्राउ गरेको छ ।

 

बिज्ञापन

तिम्सिनालाई प्रहरीले काठमाडौंस्थित भृकुटीमण्डपबाट पक्राउ गरेको हो । तिम्सिनासँगै प्रहरीले चारजनालाई पक्राउ गरेको जनाइएको छ ।

 

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई केही समयअघि पनि प्रहरीले पक्रेर छाडेको थियो ।