इजरायलको एक धार्मिक मेलामा भागदौड मच्चिँदा ४४ जनाको मृत्यु

काठमाडौं : उत्तरपूर्वी इजरायलमा एउटा धार्मिक मेलामा भएको भागदौड मच्चिँदा कम्तीमा ४४ जनाको ज्यान गएको छ । त्यहाँको राष्ट्रिय आपतकालीन उद्धार केन्द्रका मगेन डेभिड एडोमले भागदौडमा थुप्रै मानिस घाइते भएकाले मृतकको संख्या बढ्न सक्ने बताएका छन्।

हालसम्म ४४ जनाको भएको र १ सयभन्दा बढी मानिस घाइते भएको स्थानीय पत्रिकाले उल्लेख गरेको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यसलाई ‘डरलाग्दो विपत्ति’को संज्ञा दिँदै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

कोरोना भाइरसको महामारीकै बीचमा दशौँ हजार मानिसको उपस्थितिमा त्यहाँको माउन्ट मेरोनमा मेला लागेको थियो । गत वर्ष कोरोना महामारीका कारण रोकिएको धार्मिक मेलामा यस वर्ष मानिसको भिड धेरै थियो ।